FAQs Complain Problems

भ्रमण वर्ष २०२० को शुरुवात सिद्ध गुफा र कुमाख लेकबाट

"घुम्ना आएका अतिथिको सम्माण, भ्रमण वर्ष २०२० को साझा आव्हान" भन्ने मुल नाराका साथ भ्रमण वर्ष २०२० को शुभारम्भ गरिएको छ । सिद्ध कुमाख गाउँपालिका २ मा रहेको सिद्ध गुफा अवलोकन गर्दै करिव १ घण्टा ३० मिनेटको पैदलयात्रा गरि कुमाख लेकमा पुगेर भ्रमण वर्षको भव्यताका साथ मनाइएको छ ।सिद्ध कुमाख गाउँपालिका-२ र कुमाख गाउँपालिका-७(साविक सिद्धेश्वरी र जिमाली गाविस) को सिमानामा पर्ने कुमाख लेक सल्यान जिल्लाकै पर्यटकीय, धार्मिक र रमणिय स्थलको रुपमा रहेको भ्रमणमा सहभागिहरुले जनाएका छन । पर्यटन व्यवसाय पनि अर्थतन्त्रको एउटा मुल हिसा भएको हुदा आफ्नै क्षेत्रमा रहेका महत्वपुर्ण स्थानहरुको प्रचारप्रसार गर्नुपर्ने र पर्यटन प्रवधनलाइ व्यवस्थित गरी आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउनुपर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको सिद्ध कुमाख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी रेग्मीले बताउनुभयो । त्यस्तै सिद्ध कुमाख गाउँपालिकामा पाल्नुहुने हरेक नागरिकले एकपटक सिद्ध कैलाश गुफाको अवलोकन गर्नैपर्ने समेत बताउनुभयो । गुफामा रहेका अनेक प्रकारका आकृतिहरु, प्राकृतिक रुपमा निर्मित शिवलिंग लगाएतका अनौठा मुर्तिहरुले जसको मन पनि लोभ्याउने उहाँले बताउनुभयो । वि.स. २०४९ सालपछि आज पुन कुमाख लेकमा पुग्दा यस क्षेत्रले मुहार फेरेको सिद्ध कुमाख गाउँपालिका वडा नं. १ का वडाध्यक्ष राम बहादुर वस्नेतले जनाउनुभयो । कुमाख लेक चढेपछिमात्र यस ठाउको महत्व, आकर्षण र सुन्दरता थाहा हुने भन्दै उहाँले सवैलाइ कुमाख लेकको भ्रमण गर्न आग्रह समेत गर्नुभयो । त्यसैगरी दोस्रोपटक कुमाखमा पाइला टेक्न पाएकोमा खुशि व्यक्त गर्दै निराजन माविका प्रअ धर्मराज घर्तीले सवैलाइ कुमाख लेकमा चढी साहसिक यात्राको मजा लिन आग्रह गर्नुभयो । मौसम सफा भएको समयमा करिव १४ जिल्लाका भुभागहरु र हिउले ढाकिएका सेताम्मे हिमालहरुको दृश्यावलोकन गर्न सकिने भ्रमणका सहभागिहरुले बताउनुभयो । कुमाख लेकमा रहेको हिउँको अवशेष सँग रमाउदै फर्किएका सिद्ध कुमाख गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक र स्थानीयहरुले सवैलाइ कुमाख लेकमा चढ्न र सिद्ध गुफामा अवलोकन गर्न निमन्त्रणा गर्दै भ्रमण वर्ष २०२० शुभकामना व्यक्त गरेका छन। आजमात्रै सिद्ध कुमाख र कुमाख गाउँपालिकाको गरी करिव २०० जनाले कुमाख लेकको भ्रमण गरेका छन । सिद्ध कुमाख गाउँपालिका भित्र रहेका सिद्ध गुफा, कुमाख क्षेत्र, त्रिवेणीधाम, शिवमन्दिर, चाँदेको सुन्तला वगैचा र फलाटेमा रहेको कृषि वन नर्सरी लगाएतको ठाउहरुलाइ सिद्ध कुमाख गाउँपालिकाले भ्रमण वर्ष २०२० को आकर्षक विन्दुको रुपमा राखेको छ ।

 

भिडियो हेर्नलाइ यहाँ क्लिक गर्नुहोस

आर्थिक वर्ष: