FAQs Complain Problems

ग्यालरी

सिद्ध कुमाख गाउँपालिका गाउँ कार्यपालिकाकाे कार्यालय पशु सेवा शाखा ढाेरचाैर सल्यानकाे अायाेजनामा मिति २०७४।१२।१८ गते देखि २०७४।१२।२० गते सम्म सञ्चालन भएकाे  ३  दिने बाख्रापालन तालिम  अाज सम्पन्न भएकाे छ । तालिममा यस गाउँपालिकाका ५ वटै वडाका झण्डै २५ जना बाख्रापालक अगुवा कृषक सहभागी रहेका थिए । तालिममा बाख्राकाे वंश सुधार, खाेर व्यवस्थापन, अाहार व्यवस्थापन, उन्नत घाँस उत्पादन, पशु स्वास्थ्यकाे महत्व, पशु बिमा लगाएत  विभिन्न बिषयमा प्रशिक्षण  दिइएकाे थियाे । तालिममा जिल्ला पशु सेवा कार्यालय सल्यानका वरिष्ठ पशु  विकास अधिकृत डा.

मिति: 04/04/2018 - 10:35
, ,

तेस्राे गाउँसभा अर्थात  हिउदे अधिबेशनकाे अवसरमा ५ वडाका वडाअध्यक्षहरूलाइ एउटै टेवलमा वसेर कुरा गर्ने तथा फाेटाे  लिने अवसर  मिल्याे । फाेटाेमा दायाँ वाट क्रमश रामवहादुर वस्नेत, रूद्र वुढाथाेकी, शालिकराम बुढाथाेकी, दिनेश  वि.एम. र नन्दलाल बाेहरा हुनुहुन्छ । अधिवेशनका अवसरमा पाँचै वडाका वडा अध्यक्ष लगायत वडा सदस्यहरू सहभागी हुनुभएकाे थियाे । सभा २  दिन १२।०८ र ०९ गते चलेकाे  थियाे ।

मिति: 03/26/2018 - 15:43

  अाज  मिति २०७४ चैत्र ०८ गते यस  सिद्द कुमाख गाउँपालिकाकाे तेस्राे गाउँसभा(हिउदे अधिवेशन) काे उद्घाटन भएकाे छ । सभाकाे प्रमुख अतिथि सल्यान जिल्ला क्षेत्र नं. २ का सांसद गुलाबजंग शाह हुनुहुन्थ्याे । गाउँपालिका काे उपाध्यक्ष पुष्पा बाेहराकाे स्वागत मन्तव्यबाट शुरू भएकाे उद्घाटन समाराेह मा  विभिन्न वडाका वडाध्यक्ष, तथा अन्य व्यक्तीहरूले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे । उद्घाटन समाराेहलाइ सभाका सभाध्यक्ष तथा यस गाउँपालिकाका अध्यक्ष  चित्रबहादुर चलाउने मन्तव्य सहित  विसर्जन गर्नुभएकाे थियाे ।

मिति: 03/22/2018 - 17:34
, ,

धार्मिक एवम् प्राकृतिक पर्यटकीय स्थल कुमाखक्षेत्र र सिद्द गुफा

समुन्द्री सतहदेखि २ हजार ५ सय ३७ मिटर उचाइमा रहेको कुमाख पहाड जिल्लाकै सबैभन्दा अग्लो पहाड हो ।साविककाे जिमाली, मर्मपरिकाँडा र शिद्धेश्वरी गाविसको संगमको रुपमा रहेको पहाडको चुचुरोमा शिद्ध मन्दिर रहेको छ ।
पहाडका विभिन्न स्थानमा रहेका दर्जनौं गुफाहरु पर्यटनका लागि आकर्षण केन्द्र बन्न सक्छन् । कुमाखमा रहेको सिद्ध गुफा निकै रमणीय रहेको छ । गुफाहरुमा रहेका विभिन्न खालका आकृतिहरु निकै रमणीय रहेका छन् ।’

मिति: 03/20/2018 - 13:35
, ,

सिद्द कुमाख गा.पा., महिला तथा बालबालिका र जनचेतना सहकारी संस्थाकाे संयुक्त अायोजनामा  यस  गा.पा.काे वडा नं.

मिति: 03/09/2018 - 13:33
, , , , ,

यस  सिद्द कुमाख गाउँपालिका वडा नं. ३ डाँडाकटेरीले साविककाे  शिद्देश्वरी गाविस  भित्रका वडाहरूकाे वडा स्तरीय भलिवल प्रतियाेगिताकाे अायाेजना गरेकाे छ । 

मिति: 02/28/2018 - 15:22

Pages