FAQs Complain Problems

सिद्ध कुमाख गाउँपालिका क्षेत्रमा रहेका श्रमिक बर्ग, असहाय र बिपन्न घरपरिवारलाई उपलब्ध गराइने राहत सम्बन्धि मापदण्ड, २०७६ पारित

सिद्ध कुमाख गाउँ कार्यपालिकाको आज मिति २०७६ साल चैत्र २२ गते बसेको बैठकले विश्वव्यापी रुपमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको सम्भावित जोखिमलाइ न्यूनिकरण गर्न र लकडाउनको कारणले दैनिक ज्यालादारी गरेर जिविका निर्वाह गर्ने नागरिकको लागि निम्न निर्णयहरु पारित गरेको छ ।

१) सिद्ध कुमाख गाउँपालिका क्षेत्रमा रहेका श्रमिक बर्ग, असहाय र बिपन्न घरपरिवारलाई उपलब्ध गराइने राहत सम्बन्धि मापदण्ड, २०७६ पारित गरिएको छ । जसमा विभिन्न क्षेत्रमा दैनिक ज्यालादारी गरी आफ्नो घरपरिवार पाल्दै आएका असहाय तथा विपन्न घरपरिवारको सम्वन्धित वडाले ३ दिनभित्र लगत संकलन गरी विवरण तयार पार्ने र राहत सामग्री उपलब्ध गराउने उल्लेख गरिएको छ । राहत सामग्रीमा २५ केजी चामल, २ केजी दाल, १ प्याकेट नुन र १ लिटर खाने तेल समावेश गरिएको छ । लगत संकलन गर्नको लागि वडाकार्यालयले सम्वन्धित वडाका सदस्यहरुको सहयोगमा वास्तविक विपन्न घरपरिवार ठम्याइ गाउँपालिकालाइ विवरण पेश गर्नुपर्नेछ । वडा कार्यालयबाट प्राप्त विवरण अनुसार राहत सामग्री आपूर्ति गरि तत्काल वितरण गरिनेछ।

२) राहत वितरण कार्यलाइ एकद्वार प्रणालीबाट सञ्चालन गर्न विपद् व्यवस्थापन कोषको रुपमा गाउँपालिको विविध खातालाई प्रयोग गरिने निर्णय गरिएको छ । कुनै इच्छुक जनप्रतिनिधि, कर्मचारी, संघ संस्था वा व्यक्तिगत रुपमा सिद्ध कुमाख गाउँपालिकाको राहत वितरण कार्यक्रममा समावेश हुन चाहेमा स्वागत गरिने निर्णय गरिएको छ । राहत वितरण कार्यक्रममा सहयोग गर्न चाहने जो कोहीले पनि गाउँपालिकाको BIBIDH KHATA GA-5-1 SIDDHA KUMAKH GA 08611000091 मा नगद रकम जम्मा वा राहत सामग्री समेत सहयोग गर्न सक्नुहुनेछ । सहयोग गर्ने जनप्रतिनिधि, कर्मचारी, संघ संस्था वा व्यक्तिको अभिलेख गाउँपालिकामा राखिनेछ ।

३) सिद्ध कुमाख गाउँपालिका भित्र कोरोना भाइरसबाट उत्पन्न त्रास र जसबाट मानसिक स्वास्थ्यमा पर्नसक्ने असरलाइ कम गर्नको लागि मनोपरामर्श प्रदान गर्न र आवश्यकता अनुसार औषधी वितरण गर्न CMC नेपालले इच्छा देखाएको हुदाँ उक्त कार्य गर्नको लागि CMC नेपाललाइ अनुमति प्रदान गरिएको छ । सिद्ध कुमाख गाउँपालिकाबासी आम नागरिकलाई त्यस्तो किसिमको मनोपरामर्श आवश्यक परेमा CMC नेपालका सिद्ध कुमाख गाउँपालिका कार्यक्रम संयोजक लोक वहादुर विकको मोवाइल नं ९८४७८४४१८६ मा सम्पर्क गरि सेवा लिन सकिनेछ ।

४) सिद्ध कुमाख गाउँपालिका भित्रका विभिन्न टोलमा कोरोना भाइरसबाट बच्नको लागि अपनाइने सावधानीबारे गरिएको प्रचारप्रसारलाइ नियमित रुपमा लगिनेछ ।गाउँपालिका भित्रका ५वटै वडा कार्यालयलाई वडाध्यक्ष तथा वडासदस्यहरु मार्फत प्रत्येक टोलटोलमा जनचेतना फैलाउन, कोरोना भाइरसको आशंका लागेमा गाउँपालिकामा स्थापना गरिएको क्वारेन्टाइनमा सुरक्षित राख्नको लागि सिफारिस गर्न, लकडाउनको कार्यान्वयन गराउन, भिडभाड हुन नदिने जस्ता कार्यहरुमा वडाध्यक्ष तथा वडासदस्यहरु निरन्तर लाग्न निर्देशन दिइएको गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले बताउनुभएको छ।

आर्थिक वर्ष: