FAQs Complain Problems

सिद्ध कुमाख गाउँपालिकामा २५ बेडको क्वारेन्टाइन कक्ष स्थापना

बिश्वव्यापी रुपमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको सम्भावित संक्रमणलाई रोकथाम गर्नको लागि सिद्ध कुमाख गाउँपालिकामा २५ बेडको क्वारेन्टाइन कक्ष स्थापना गरिएको छ । भारत लगाएत नेपाल भित्रका विभिन्न जिल्लामा कामको शिलशिलामा गएका सिद्ध कुमाख गाउँपालिकाका नागरिकहरु आउने क्रम जारी रहेको हुदाँ यसरी बाहिरबाट आउने व्यक्तिबाट कोरोना भाइरस फैलन सक्ने भन्दै आज मिति २०७६ साल चैत्र १८ गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेको अध्यक्षतामा आपतकालिन बैठक बसी निराजन माविमा क्वारेन्टाइन स्थापना गरिएको हो । कोरोना भाइरसबाट "आफु बचौँ अरुलाइ पनि बचाउ" भन्ने भावनालाइ आत्मसाथ गर्नको लागि छुट्टै स्थानमा क्वारेन्टाइन बनाइएको बताउदै अहिले तत्काललाइ २५ वेडको भएपनि आवश्यकता अनुसार यसलाइ बढाउन सकिने गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले जनाउनु भएको छ । क्वारेन्टाइनमा चाहिने आवश्यक सामग्री लगाएत जनशक्तिको समेत व्यवस्था गरिएको छ यसलाइ पनि आवश्यकता अनुसार थपिदै लगिने बताइएको छ । भारत लगाएत अन्य मूलुक वा सल्यान जिल्ला बाहिरबाट आएका गाउँपालिका भित्रका नागरिकहरुमा कोरोना भाइरसको आशंका लागेमा तत्काल निराजन माविमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिने र निरन्तर स्वास्थ्य अवस्था जाँच गरिने साथै संक्रमणको सम्भावना देखिएमा परिक्षणको लागि रिफर गरिनेछ । स्वास्थ्य सम्बन्धी व्यवस्थापन गर्न स्वास्थ्य संयोजक सुरेन्द्र प्रसाद यादव, सूरक्षा सम्वन्धि व्यवस्थापन गर्न प्रहरीचौकी ढोरचौरका प्रमुख रामराज चौधरी र सरसफाइ सम्वन्धी व्यवस्थापनमा निराजन माविका कार्यालय सहयोगी भिम बहादुर थापालाइ परिचालन गरिएको प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी रेग्मीले जानकारी दिनुभयो । क्वारेन्टाइनमा बस्ने ब्यक्तिहरुको लागि क्वारेन्टाइन कक्षमा विद्युत, इन्टरनेट, सिसिटिभि लगाएतका प्रविधिहरु उपलव्ध रहेका छन । शुद्ध पिउनेपानी, शोचालय, चमेनागृह लगाएतका सम्पुर्ण सुविधाहरु उपलव्ध हुने निराजन माविका प्रअ धर्मराज घर्तिले बताउनु भएको छ । यस अघि नै गाउँपालिका भित्र आएका नागरिकहरुमा कोरोनाको आशंका देखिएमा परिवार तथा समाजमा घुलमिल हुन नदिन घरभित्रै छुट्टै कोठामा क्वारेन्टाइनको रुपमा बस्नका लागि आग्रह गरिदै आइएको थियो ।

आर्थिक वर्ष: