FAQs Complain Problems

कोरोना भाइरसको सम्भावित संक्रमण रोकथामको लागि जनचेतनामूलक प्रचार प्रसार

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरना भाइरसको सम्भावित संक्रमणबाट आफु बच्न र अरुलाई पनि बचाउनको लागी सिद्ध कुमाख गाउँपालिका र प्रहरी चौकी ढोरचौर सल्यान को साझेदारीमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । २०७६ चैत १४ गते वडा नं १ को मोखला बजार, पटारे वजार लयायतका प्रमुख बजार र गाउँटोल, वडा नं २ अन्र्तगत का चाख्लीघाट बजार, भडारे र कूइयाझोल तथा वडा नं ४ को चिनाली बजार लयायत का स्थानहरुमा गइ कोरना भाइरस सम्बन्धि जनचेनतामुलक कार्यक्रम गरिएको थियो । त्यसैगरी २०७६ चैत १५ गते वडा नं ३ को ढोरचौर बजार, डाँडाकटेरी, फलाटे, वडा नं ४ को माथिल्लो उचाल्ने , खार्वन र वडा नं ५ को छापडाँडा, दह, गुइदे, बडाकाँडा लयायतका स्थानमा गइ कोरना भाइरस सम्बन्धि सन्देशमुलक कार्यक्रम सम्पन्न गरिएको छ । गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेको नेतृत्वमा गएको टिमले प्रत्येक वडामा चैत १ गते देखि भारत लगायत अन्य देश बाट फर्किएका नागरिकहरुको पहिचान र तिनिहरुको स्वास्थ्य अवस्थाको बारेमा विवरण संकलन गरेको छ । साथै गाउपालिका भित्र रहेका ३ वटा स्वास्थ्य चौकी र ३ वटा स्वास्थ्य इकाइ हरुको पनि अनुगमन गरिएको छ ।
कोरना भाइरस संक्रमणको उच्च जोखिममा नेपाल पनि रहेको सन्दर्भमा जनताको स्वास्थ्य लाई मध्यनजर गरि पुर्वसावधानी स्वरुप जनचेतनामुलक प्रचार प्रसार कार्यक्रम गरिएको अध्यक्ष चित्र बहादुर चलाउने बताउनु भयो । प्रचार प्रसार कार्यक्रममा अध्यक्ष चलाउने लगायत उपाध्यक्ष पुष्पा कुमारी बोहरा, प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी रेग्मी, २ नं वडा अध्यक्ष रुद्र बुढाथोकी, स्वास्थ्य शाखा प्रमुख सुुरेन्द्र प्रसाद यादव, प्रहरी चौकी ढोरचौर का प्रहरी हवल्दार मुक्ति रेग्मी लगायतको सहभागीता रहेको थियो ।

आर्थिक वर्ष: