FAQs Complain Problems

स्थानीय तह प्रकोप व्यवस्थापन कोष खाता सञ्चालनमा ल्याइएको छ

सिद्ध कुमाख गाउँपालिकाले आजदेखि लागु हुनेगरी "स्थानीय तह प्रकोप व्यवस्थापन कोष खाता" सञ्चालनमा ल्याएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको कारणले दोस्रोपटक लकडाउनको अवधी थपिए सँगै राहत वितरण लगाएत अन्य प्रकोप व्यवस्थापन समेत गर्नुपर्ने हुदाँ छुट्टै कोष खडा गरिएको सिद्ध कुमाख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी रेग्मीले जानकारी दिनुभएको छ । लक्ष्मी बैकंमा खोलिएको उक्त कोषमा राष्ट्रप्रेमी जो कोहीले पनि रकम जम्मा गर्न सक्ने उहाँले बताउनु भएको छ । स्थानीय तह प्रकोप व्यवस्थापन कोष खाता (Esthaniy Taha Prakop Bewasthapn Kosh Khata) GA-7-2 08603000014 मा रकम जम्मा गर्न सकिनेछ । सिद्ध कुमाख गाउँपालिका भित्र हुन सक्ने विभिन्न प्राकृतिक तथा अन्य विपद् व्यवस्थापन गर्न, राहत तथा उद्धार कार्यलाइ सहज बनाउन र कोरोना भाइरसको सम्भावित जोखिम न्यूनिकरण गर्नको लागि यो कोषलाई प्रयोग गरिनेछ ।
यसै विच आजनै सिद्ध कुमाख गाउँपालिका ३ ढोरचौर बजारमा रहेका २ वटा क्लिनिकलाइ PPE सेट वितरण गरिएको छ । विभिन्न किसिमका विरामीहरु चेकजाँच गर्न आउनेहुदाँ सुरक्षाको सामग्रीहरु प्रयोग गरी सम्भावित जोखिमलाइ न्यूनीकरण गर्न धेरै विरामी आउने मेडिकल तथा क्लिनिकलाई PPE वितरण गरिएको हो ।

आर्थिक वर्ष: