FAQs Complain Problems

सिद्ध कुमाख गाउँपालिकामा थप १२८ जनाको स्वाव संकलन गर्ने

सिद्ध कुमाख गाउँपालिकामा PCR परिक्षणको लागि आज थप १२८ जनाको स्वाव संकलन गरिएको छ । ६ जना महिला र १२२ जना पुरुषको स्वाव संकलन नेरा मावि छापडाडा, शान्ती सुन्दर मावि खार्वन र सिद्ध मावि भडारेमा गरिएको थियो । यो सँगै कुल २९८ जनाको स्वाव संकलन भै सकेको छ । यस अघि १७० जनाको स्वाव संकलन गरि पठाएकोमा रिपोर्ट आउन बाँकी छ । हाल सम्म विभिन्न क्वारेन्टाइनमा वसेका ३१५ जना मध्ये २९८ जनाको स्वाव संकलन गरि परिक्षणको लागि पठाइएको छ भने हिजो र आज मात्र थपिएका १७ जनाको छिट्टै स्वाव संकलन हुने स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

-मिति २०७७/०२/२८ गते

आर्थिक वर्ष: