FAQs Complain Problems

सिद्ध कुमाख गाउपालिकामा निःशुल्क आँखा शिबिर सम्पन्न

सिद्ध कुमाख गाउपालिकामा निःशुल्क आँखा शिबिर सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर ४ खार्वनमा बिहीबार र वडा नम्बर ३ को ढोरचौरमा आज आँखा शिबिर सम्पन्न भएको हो । खार्वनमा भएको आँखा शिबिरमा १ सय ४ जनाको आँखा जाँच गरिएको थियो । जसमा ३८ जना महिला र ६६ जना पुरुष रहेका छन् । ती मध्ये ८ जनामा मोतियाबिन्दु भएको पाईएको छ ।यस्तै ढारेचौरमा सम्पन्न आँखा शिबिरमा १ सय २२ जनाको आँखाको जाँच गरिएको छ । जसमा ५० जना पुरुष र ७२ जना महिला रहेका छन् । ती मध्ये १४ जनालाई मोतियाबिन्दु भएको पाईएको छ । भने जटिल खालको समस्या भएका ३ जनालाई राप्ती आँखा अस्पताल रक्षाचौर दाङमा रिफर गरिएको छ । आँखा जाँच गराएका अन्यमा सामान्य आँखा रातो हुने, आँखा चिलाउने, आँखा सुख्खा हुने, चस्मा लगाउनु पर्ने, आँखा पाक्ने बिरामीहरुलाइ निशुल्क औषधी बितरण गरिएको थियो । मोतियाबिन्दु भएका बिरामीहरुलाइ आगामी मंसिर २ र ३ गते सल्यान आँखा उपचार केन्द्र शितलपाटीमा हुने २ दिने निशुल्क आँखा शिबिरमा अप्रेशनको लागि बोलाएको छ । आँखा शिविरमा वरिष्ठ नेत्र स्वास्थ्य कार्यकर्ता पदम राज पन्तले आँखा जाँच गर्नुभएको थियो । गाउँपालिकाबासीलाई स्थानिय स्तरमा नै सेवा उपलब्ध गराउने उद्धेश्यले निशुल्क आँखा शिबिरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउने जानकारी दिनुभयो ।नेपाल नेत्रज्योती संघ, सल्यान आँखा उपचार केन्द्र शितलपाटीको प्राविधिक सहयोग, नेपाल रेडक्रस सोसाईटी उपशाखा ढोरचौरका सभापती लोक बहादुर बिकको बिशेष पहल र गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा शिबिर सम्पन्न भएको हो ।

आर्थिक वर्ष: