FAQs Complain Problems

सिद्ध कुमाख गाउँपालिकामा चौथो अध्यक्ष कप-२०८० को उद्घाटन

सिद्ध कुमाख गाउँपालिकाको चौथो अध्यक्ष कप २०८० आजदेखि सुरू गरिएको छ । गाउँपालिका अध्यक्ष भरत गिरीको अध्यक्षतामा सुरू भएको कार्यक्रममा गाउँपालिका भित्रका ५ वटा वडाहरूको सहभागिता रहेको छ । कार्यक्रममा उपस्थित अतिथि, सहभागी खेलाडी तथा दर्शकहरूलाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले स्वागत मन्तव्य द्वारा स्वागत गर्नुभएको थियो भने उपाध्यक्ष राम बहादुर बस्नेत र ५ वटै वडाका वडाध्यक्षद्वारा कार्यक्रम सफलताको शुभकामना व्यक्त गरिएको थियो । उद्घाटन समारोहमा स्थानीय झाँकीहरू समेत प्रस्तुत गरिएको थियो ।  ३ दिनसम्म सञ्चालन हुने कार्यक्रमको संचालन खेलकुद विकास समितिका अध्यक्ष देव बहादुर बस्नेतले गर्नुभएको थियो । चौथो अध्यक्ष कप २०८० मा महिला तथा पुरूष तर्फ भलिबल प्रतियोगिता र खुला लोक दोहोरी प्रतियोगिता राखिएको छ ।

आर्थिक वर्ष: