FAQs Complain Problems

एकिकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दिगोपना सुनिश्चताको लागि २ दिने कार्यशाला गोष्ठी सम्पन्न

"कुपोषणको चक्कर जीवनभरको ठक्कर" भन्ने मूल नाराका साथ एकिकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दिगोपना सुनिश्चताको लागि २ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा पोषण कार्यक्रमको दिगोपनाको लागि विभिन्न विषयगत शाखाले गर्न सक्ने कार्य त्यसैगरी सरोकारवालाले गर्न सक्ने कार्यहरुको बारेमा छलफल गरी प्रतिवद्धता पत्र समेत पारित गरिएको छ । कार्यक्रममा सिद्ध कुमाख गाउँपालिका उपाध्यक्ष पुष्पा कुमारी बोहरालाई पोषण दुतको रुपमा जिम्मेवारी सुम्पिएको छ । सिद्ध कुमाख गाउँपालिका र सुआहाराको सयुक्त आयोजनामा सञ्चालित कार्यक्रममा कार्यपालिका सदस्य, विषयगत शाखाका प्रमुख, महिला स्वयंसेविकाहरु र सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

आर्थिक वर्ष: