FAQs Complain Problems

५वटै वडाका ३४ जना बालवालिकालाइ क्षमता विकास सम्वन्धि तालिम

बालबालिकाको नेतृत्व तथा क्षमता विकास गर्नको लागि सिद्ध कुमाख गाउँपालिकाले ५वटै वडाका ३४ जना बालवालिकालाइ क्षमता विकास सम्वन्धि तालिम प्रदान गरेको छ । सिद्ध कुमाख गाउँपालिका महिला तथा बालबालिका शाखाले आयोजना गरेको उक्त तालिममा १४ जना छात्र र २० जना छात्राले सहभागिता जनाएका थिए । तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले गर्नुभएको थियो । उद्घाटनको क्रममा बोल्दै सिद्ध कुमाख गाउँपालिकाले वालबालिकाको चाहनालाइ लक्षित गरेर नै बालबालिकाहरूबाट माग भएका कार्यक्रमलाइ बजेट विनियोजन गरिएको बताउनुभयो । बालबालिको क्षमता अभिवृदि गर्न, बालविवाह न्यूनिकरण गर्न, बाल अपराधलाइ हटाउन चेतनामूलक कार्यक्रम गर्नको लागि गाउँपालिकाले कुनै पनि कन्जुस्याइ नगर्ने उहाँले बताउनुभयो । त्यसैगरी गाउँपालिका उपाध्यक्ष पुष्पा कुमारी बोहराले असल नेतृत्व चयन र नेतृत्व विकास तथा यसका गुणहरू बताउदै भोलीको समाजलाइ सकरात्मक दिशातिर लैजाने जिम्मा आजका बालबालिकाहरूको भएको जनाउनुभयो । हिजो र आज गरी २ दिन सञ्चालन भएको तालिममा बालअधिकार सम्वन्धी संवैधानिक धारणा, बालसहभागिता, वालबिवाहका कारण, समस्या र न्यूनिकरणका उपायहरू, बाल दुर्व्यवहार र वच्ने उपायहरू, असल नेतृत्व र यसका गुणहरू नेतृत्व तथा क्षमता विकासमा सूचना तथा सञ्चार प्रविधिको महत्वबारे सिकाइएको थियो । तालिममा सहभागि बालबालिकाहरूले आफुभित्र रहेको क्षमतालाइ प्रस्तुत गर्न, समस्याहरू सहजै बताउन, असल नेतृत्व पहिचान गर्न, समुह कार्य गर्न र सम्माणजनक व्यवहार गर्न सक्षम भएको तालिम समापनको क्रममा बताएका थिए । तालिमको सहजिकरण महिला तथा बालबालिका शाखा प्रमुख बिमला खत्री र सामाजिक परिचालक शोभा लामिछानेले गर्नुभएको थियो ।

आर्थिक वर्ष: