FAQs Complain Problems

सिद्ध कुमाख गाउँपालिकामा ५१ जनाको RDT मा सवैको नेगेटिभ

सिद्ध कुमाख गाउँपालिकामा कोरोना भाइरसको संक्रमण भए नभएको पत्ता लगाउन आज Rapid Diagnostic Test (RDT) गरिएको छ । ४ जना महिला सहित ५१ जनामा गरिएको उक्त जाँचमा सवैको रिपोर्ट कोरोना नेगेटिभ आएको छ । २०७६/१२/०१ गते देखि भारतबाट फर्किएका ४४ जना, दुवई बाट फर्किएका १ जना र क्वारेन्टाइनमा खटिएका ६ जना गरी ५१ जनाको RDT गरिएको हो । सवै जनाको रिपोर्ट कोरोना नेगेटिभ देखिएपछि उनिहरु खुशि भएका छन । स्वास्थ्य सेवा कार्यालय सल्यानको प्राविधिक सहयोगमा आजको परिक्षण सम्पन्न भएको हो । परिक्षण सकिए लगतै सवैको रिपोर्ट प्रस्तुत गर्दै स्वास्थ्य सेवा कार्यालय सल्यानका डा. विवेक अधिकारीले अहिलेसम्मको कोरोना संक्रमण परिणाम नेगेटिभ भएपनि आगामि दिनमा यसबाट बच्न सामाजिक दुरी कायम राख्न अनुरोध गर्नुभयो । नेपालमा कोरोनाको संक्रमण जोखिम उच्च रहेको हुदाँ उच्च सतर्कता अपनाउनु पर्नेमा समेत जोड दिनुभएको छ । RDT परिक्षणमा गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउने, उपाध्यक्ष पुष्पा कुमारी बोहरा, प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी रेग्मी, स्वास्थ्य संयोजक सुरेन्द्र प्रसाद यादव लगाएत अन्य जनप्रतिनिधि र कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । अहिले सम्मको नतिजा हेर्दा कोरोनाको कुनै आशंका नदेखिए पनि आगामी दिनमा पनि सवै सिद्ध कुमाख गाउँपालिकाबासीले लकडाउनको पुर्ण पालना गरेमा कोरोनाको न्यूनिकरण गर्ने सवैभन्दा ठुलो औषधी यही हुने अध्यक्ष चित्र बहादुर चलाउनेले जनाउनुभएको छ ।

-भिम भण्डारी
सूचना प्रविधि अधिकृत
मिति २०७७/०१/०५

आर्थिक वर्ष: