FAQs Complain Problems

सल्यानमै पहिलाे पटक भ्यान सहितकाे माटाे परिक्षण शिविर समापन

सल्यानमै पहिलाे पटक सिद्भ कुमाख गाउँपालिकाले अायाेजना गरेकाे र क्षेत्रिय माटाे परिक्षण खजुरा बाँकेकाे प्राविधिक सहयाेगमा ०२।०५ गते शुरू भएकाे घुम्ति माटाे परिक्षण प्रयाेगशाला अाज समापन भएकाे छ । संकलन गरिएका २१० वटा माटाे नमुना परिक्षण गरिएकाे जसमा माटाेकाे PH, प्राङगारिक पदार्थकाे मात्रा, नाइट्राेजन, फस्फाेरस र पाेटासकाे मात्रा परिक्षण गरिएकाे थियाे । प्रतिवेदनलाइ समिक्षा गर्दा समग्रमा ९० प्रतिशत माटाेमा अम्लियपना रहेकाे भेटियाे । माटाे सुधारकाे लागि प्रतिवेदन अनुसार कृषकहरूलाइ कृषि चुनकाे प्रयाेगकाे लागि सिफारिस गरिएकाे छ । त्यसैगरी माटाेमा प्राङगारीक , नाइट्राेजनकाे मात्रा कम र फस्फाेस, पाेटासकाे मात्रा शन्ताेषजनक रहेकाे छ ।

आर्थिक वर्ष: