FAQs Complain Problems

SEE परिक्षा तयारी गरिरहेका विद्यार्थीहरूलाइ मुल्यांकन गर्नकोलागि गाउँपालिका स्तरीय परिक्षा संचालन

सिद्ध कुमाख गाउँपालिकाले SEE परिक्षा तयारी गरिरहेका विद्यार्थीहरूलाइ मुल्यांकन गर्नकोलागि गाउँपालिका स्तरीय परिक्षा संचालन गरेको छ । मंसिर २३ गते देखि संचालन भएको परिक्षा पुष २ गतेसम्म संचालन हुनेछ । परिक्षा संचालनको लागि यस गाउँपालिकाका ५ वटा माविलाइ नै परिक्षा केन्द्र तोकी अर्न्तविद्यालय निरिक्षक खटाइएको छ । SEE परिक्षालाइ सहयोग हुनेगरी गाउँपालिकाले यो अभ्यास पहिलो पटक गरेको हो । परिक्षामा सिद्ध कुमाख गाउँपालिका भित्रका ५ वटा मावि बाट २१३ जना विद्यार्थि सम्मिलित रहेका छन ।जसमा निराजन मावि ढोरचौर वाट ६१ जना, नेपाल राष्ट्रिय मावि बडाकाँडाबाट ६३ जना, देउराली मावि कुइयाँझोलबाट ११ जना, सिद्ध मावि भडारे बाट १३ जना र महेन्द्र आदर्श मावि बाँझकाँडाबाट ६५ जना विद्यार्थी सहभागि रहेका छन् । परिक्षा सकिएपछि सवै उत्तरपुस्तिका गाउँपालिकामा संकलन गरि जाँच गरिनेछ ।नतिजा प्रशासन पश्चात विद्यार्थिको शैक्षिक गुणस्तर हेरि थप कारर्यक्रम गर्ने शिक्षा शाखाले जनाएको छ । गतबर्षदेखि यस गाउँपालिकाले SEE उत्कृष्ठ विद्यार्थिलाइ सम्माण गर्दै आएको छ । प्राविधिक धारमा जान चाहने २ जना उत्कृष्ठ विद्यार्थिहरूलाइ यस गाउपालिकाले पुर्ण छात्रवृदिको समेत व्यवस्था गरेको छ । गाउँपालिकाले शिक्षाको क्षेत्रमा रहेका कमि कमजोरी हटाउने लक्ष्य सहित यसको सुरूवात गरेको छ ।यस अघि पनि गाउँपालिकाले शिक्षा शाखाको संयोजकत्वमा शैक्षिक कार्यलद गठन गरि शिक्षाको क्षेत्रमा रहेका कमि कमजोरी औल्याइ सुझाव समेत पेश गरिसकेको छ । सुझावको मध्यनजर गर्दै सिद्ध कुमाख गाउँपालिकाले गाउँपालिका भित्रका सवै विद्यालयहरूको भौतिक पुर्वाधार निर्माण गरि ICT युक्त कक्षा संचालन गर्ने जनाएको छ ।

आर्थिक वर्ष: