FAQs Complain Problems

सिद्ध कुमाख गाउँपालिकामा आजदेखि प्रधानमन्त्री स्वरोजगार कार्यक्रम शुभारम्भ ।

यस आ‍.व.मा गाउँपालिका भित्रका ५ वटै वडाका जम्मा ३२७ जनाले रोजगार पाउनेछन । शुभारम्भ कार्यक्रममा गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउने, उपाध्यक्ष पुष्पा कुमारी बोहरा, वडा नं ३ का वडाध्यक्ष शालिकराम बुढाथोकी, वडा नं. २ का वडाध्यक्ष रूद्र बहादुर बुढाथोकी लगाएत गाउँपालिकामा कार्यरत कर्मचारी, स्वरोजगार कार्यक्रममा संलग्न व्यक्तिहरू र स्थानीय बासिहरूको सहभागिता रहको थियो । आर्थिक वर्षको अन्ततिर भएको हुदाँ यो चरणमा केहीमात्र बेरोजगारलाइ समेटिएको र आगामि आवमा कम्तिमा १०० दिन बरावरको रोजगारी प्राथमिकताका आधारमा सवैले पाउने र रोजगारी पाउन नसकेमा निर्वाह भत्ता पाउने शुभारम्भ कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले बताउनुभएको छ ।

आर्थिक वर्ष: