FAQs Complain Problems

राष्ट्रिय जनगणना २०७८ सफल पारौँ

राष्ट्रिय जनगणना २०७८ सफल पारौँ ।

सम्पुर्ण सिद्ध कुमाख गाउँपालिकाबासीहरुः

"मेरो जनगणना, मेरो सहभागिता" भन्ने मुल नाराका साथ राष्ट्रिय रुपमा

यहि मिति २०७८ कार्तिक २५ गतेदेखि सुरु भएको दोस्रो चरणको राष्ट्रिय जनगणना मंसिर ९ गते सम्म संचालन हुनेछ । १५ दिन सम्म संचालन हुने यस मुल गणना कार्यमा सक्रिय सहभागि बनौँ र यस महान अभियानलाई भव्यताका साथ सफल पारौँ ।

तपाइको घर दैलोमा आउने गणकहरुलाई सत्य तथ्य तथ्याङ्क उपलव्ध गराई सहयोग गरिदिनुहुन सम्पुर्ण शिक्षक, कर्मचारी, बुद्धिजिवी, व्यापारी, कृषक, मजदुर, राजनैतिक पार्टीका नेता तथा कार्यकर्ता लगाएत सम्पुर्णमा अनुरोध छ । जनगणना नै विकासको आधारभूत सूकच भएको हुदाँ हरेक समुदायको पहिचान नछुट्ने गरी आफ्नो सहभागितालाई अनिवार्य गरिदिनुहोला । पहिलो चरणको घरपरिवार सूचिकरण कार्यमा कोही छुटेको भएतापनि पुनः समावेश गर्न मिल्ने भएको हुदाँ जनगणना सुपेरीवेक्षक र गणक समक्ष आफ्नो विवरण ढुक्कले दिनुहोला । साथै सत्यतथ्य विवरण टिपाउने शन्देश प्रचारप्रसारमा सहयोग गरिदिनुहुन जनप्रतिनिधि, राजनैतिक दल, नागरिक समाज, संचारमाध्यम, पत्रकार लगाएत सरोकारवालाहरुलाई हार्दिक अनुरोध छ ।

-सिद्ध कुमाख गाउँपालिकाको कार्यालय

ढोरचौर सल्यान ।

आर्थिक वर्ष: