FAQs Complain Problems

सिद्ध कुमाख गाउँपालिकाले गर्याे बजार अनुगमन

सिद्ध कुमाख गाउँपालिका पशु सेवा शाखा ढोरचौरको आयोजनामा र गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेको अध्यक्षतामा आज गाउँपालिका भित्रका विभिन्न पसलहरुमा अनुगमन गरिएको छ । नियमन कार्यक्रम अन्तर्गत मासुपसल, डेरी उद्योग र औषधि पसलमा अनुगमन गरिएको हो । अनुगमनको क्रममा ढोरचौर, चाख्लिघाट, पटारे र मोख्ला बजारका १४ वटा पसलमा अनुगमन गरिएको थियो । यि ठाउँमा अनुगमन गर्दा मासुकाट्ने औजारमा खिया लागेको, बधक्षेत्र फोहोर भएको, पसल कानुन बमोजिम दर्ता र नविकरण नभएको, म्याद नाघेका औषधि भेटिएको, मुल्य सूचि नराखिएको, व्यवसाय दर्ताको सूचना वोर्ड नराखेको र तौलने भाँडाहरु उपभोक्ताले देखिने गरि नराखेको साथे सहि समेत नभएको कमजोरीहरू भेटिएको पशु सेवा केन्द्रका प्रमुख दिपक कुमार वलिले जानकारी दिनुभयो । 
यो पहिलो पटक र पहिलो चरको निरक्षण तथा अनुगमन भएकोले मौखिक चेतावनी र सुझाव मात्र दिइएको र यो कार्यलाइ अव नियमित र सवै खालको पसलहरूमा गरिने गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले बताउनु भएको छ । गाउँपालिकाले भर्खरै बजार अनुगमन कार्यविधि २०७६ पारित गरेको हुदाँ अव उपभोक्ताहरूको हकहितको लागि नियमितरूपमा अनुगमन गरिने हुदाँ सवैलाइ सचेत हुन समेत चेतावनी दिनुभएको छ । साथै बजार अनुगमन समितिको संयोजक तथा गाउँपालिका उपाध्यक्ष पुष्पा कुमारी बोहराले यहि आ‍.व. भित्र सवै खालका व्यवसायहरूले कानुन बमोजिम दर्ता तथा नविकरण गरिसक्नुपर्नेमा जोड दिनुभएको छ र अटेर गरेको देखिएमा कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

अनुगमन कर्ताहरू
चित्र बहादुर चलाउने --- गाउँपालिका अध्यक्ष
पुष्पा कुमारी बोहरा--- बजार अनुगमन समिति संयोजक तथा उपाध्यक्ष
शालिकराम बुढाथोकी -- वडाध्यक्ष, वडा नं. ३
रूद्र बहादुर बुढाथोकी -- वडाध्यक्ष, वडा नं. २
राम बहादुर बस्नेत ---- वडाध्यक्ष, वडा नं. १
दिपक कुमार वली -- पशु सेवा शाखा प्रमुख
भिमसेन विक-- ना.प्रा.स
असोक पन्त --- पशु सेवा शाखा ना.प.स्वा.प्रा
राम कुमार चौधरी -- प्रहरी हवल्दार

आर्थिक वर्ष: