FAQs Complain Problems

नागरिकता र प्रतिलिपि सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन सवै कागजात मिलेमा
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
सम्वन्धित वडा कार्यालय
सेवा शुल्क: 
स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरु: 

१. निवेदन पत्र र आमा ̷ बाबुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२. जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि
३. विवाहित महिलाको हकमा पति ̷ आमा ̷ बुवाको नागरिकाता प्रमाणपत्रको प्रतिलिपि
४. चारित्रिक प्रमाणपत्रको प्रतिलिपि(बिद्यार्थीको हकमा)
५. विवाह दर्ताको प्रतिलिपि (विवाहितको हकमा)
६. बसाई सरी आएको हकमा बसाईसराईको प्रमाण पत्रको प्रतिलिपि
७. दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति
८. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
९. कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
१०. प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकाताको प्रतिलिपि

प्रक्रिया: 

१. निवेदन सहित तोकिएको कागजातहरु पेस गर्ने
२. वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिवले सम्बन्धित कर्माचारीलाई तोक आदेश गर्ने
३. निवेदन दर्ता गर्ने
४. तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५. निवेदकले तोकिएको शुल्क बुझाउने
६. चलानी गरी निवेदकलाई सिफारिस उपलबध गराउने
७. तोकिएको ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने ।