FAQs Complain Problems

गाउँपालिका स्तरीय च्याउ खेती सम्वन्धि ३ दिने तालिम सम्पन्न

"पौष्टिकयुक्त च्याउ खेती गरौ, आम्दानी बढाऔ" भन्ने मुल नाराका साथ सिद्ध कुमाख गाउँपालिकाको आयोजनामा संचालित गाउँपालिका स्तरीय च्याउखेती प्रविधि सम्वन्धि ३ दिने सम्पन्न भएको छ । मिति 2075/11/12 गतेदेखि संचालन भएको च्याउखेती प्रविधि तालिममा सिद्ध कुमाख गाउँपालिका भित्रका ५ वटै वडाबाट २५ जना सहभागिहरूले सिकेका छन । तालिममा च्याउ खेति गर्ने तरिका, यसको व्यवस्थापन र बजारीकरणको बारेमा सिकाइएको थियो । तालिम पश्चात ५ वटै गाउँपालिकामा नमुन च्याउखेति गरिने र गाउँपालिका कृषि शाखामा समेत नमुना च्याउखेति गरि प्रदशन गरिने कृषि शाखा प्रमुख नेत्रलाल घर्तिले जानकारी दिनुभएको छ । तालिम बाट सिकेका ज्ञानहरूलाइ आफ्नो ठाउमा प्रयोग गर्न र अन्य कृषकहरूलाइ पनि सिकाउन तालिममा सहभागि सवैलाइ प्रमुख प्रशासकीय अधिकृत हरिजंग चन्दले आग्रह गर्नुभएको छ । च्याउखेति गर्न सजिलो र सरल भएकोले यसलाइ व्यवसायिक रूपमा लिएर आर्थिक आम्दानी बढाउन सकिने गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले बताउनु भएको छ । च्याउखेती प्रविधि तालिममा सहभागिहरूलाइ च्याउखेती गर्न आवश्यक सामग्रीहरू च्याउ किट, प्लास्टिक, ड्रम सहित सिप सिकेको प्रमाण पत्र समेत हस्तान्तरण गरिएको छ । अव छिट्टै सिद्ध कुमाख गाउँपालिका च्याउखेती क्षेत्र भनेर चिनिने तालिम संयोजक तथा कृषि प्राविधिक भिमसेन विकले जनाउनु भएको छ ।

-----भिमलाल भण्डारी
सूचना प्रविधि अधिकृत

आर्थिक वर्ष: