FAQs Complain Problems

सूचना प्रविधि युक्त गाउँपालिका

सिद्ध कुमाख गाउँपालिका , गाउँपालिका अन्तर्गतका सबै वडा कार्यालयहरू , सवै माध्यमिक विद्यालयहरू , एउटा अाधारभूत विद्यालय , प्रहरी चौकी, पशु शाखामा इन्टरनेट जडान सम्पन्न भएको छ । सुविशु केवल नेट प्रालिको प्राविधिक सहयोगमा सुविशु कम्पनीको ईन्टरनेट सुचारू गरिएको हो । अब छिट्टै सिद्ध कुमाख गाउँपालिकालाई स्मार्ट गाउँपालिका बनाउने प्रमुख प्रशासकीय अधिकृत हरिजंग चन्दको भनाइ रहेको छ । साथै सबै बिद्यालयहरूमा पनि प्रविधि युक्त कक्षा संचालन हुने जानकारी दिनुभएको छ । गाउँपालिका बाट वडा कार्यालयहरूमा हुने पत्राचार अब कागजी नहुने सूचना प्रविधि अधिकृत भिम भण्डारीले जनाउनु भएको छ । जसको लागि छिट्टै ईन्टरनेट सम्बन्धि वडाका सम्पूर्ण कर्मचारीलाई अभिमूखिकरण तालिम राख्ने बताउनु भएको छ ।

आर्थिक वर्ष: