FAQs Complain Problems

सिद्ध कुमाख गाउँपालिकाका सवै सामुदायिक विद्यालमा इ हाजिरी

  ।।सल्यान  २०७५।०२।३० गते ।।

 सिद्ध कुमाख गाउँपालिकाले हालै गाउँपालिका भित्रका सवै सामुदायिक विद्यालयमा विधुतिय हाजिरी अर्थात इ हाजिरी जडान कार्य सम्पन्न गरेको छ । सिद्ध कुमाख गाउँपालिकाको सहयोग र नेट कम सोलुसन सल्यानको प्राविधिक सहयोगमा गाउँपालिका भित्रका २३ वटै सामुदायिक विद्यालयमा इ हाजिरी जडान कार्य सम्पन्न भएको हो । गाउँपालिकाका सवै विद्यालयका १।१ जना प्र.अ. वा लेखापाललाइ इ हाजिरी सम्वन्धी २ दिने अभिमुखिकरण तालिम समारोहमा बोल्दै सवै सामुदायिक विद्यालयमा इ हाजिरी जडान गर्ने यस क्षेत्रकै पहिलो स्थानिय तह भएको गाउँपालिका अध्यक्ष चित्र वहादुर चलाउनेले वताउनु भयो। साथै अव आउने योजना तथा कार्यक्रममा विधुत भएको सवै सामुदायिक विद्यालयमा Electric Water Purifying machine र विधुत नभएको विद्यालयमा फिल्टर जडान गर्ने बताउनुभयो । त्यस्तै गरि गाउँपालिकाले इ हाजिरी जोडेर शिक्षकलाइ बन्धनमा बाँध्न खोजेको नभइ शिक्षकको नियमितता, हाजिरी सम्बन्धि सजिलै प्रतिवेदन तयारी, पारदर्शिता र सुशासन प्रबधन हुने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिजंग चन्दले बताउनु भयो । साथै सवै विद्यालयको इ हाजिरीको डाटा व्यवस्थित गर्न १।१ वटा पोर्टेवल डिभाइस प्रदान गर्ने पनि जाहेर गर्नुभयो । इ हाजिरी जोड्नु मात्र ठुलो कुरा नभएको र यस्को सहि प्रयोग, निगरानी तथा उचित व्यवस्थापन गर्नु पर्नेमा जोड दिदै अव यस गाउँपालिकाले सवै बिद्यालयमा इन्टरनेट, इ लाइब्रेरी, स्मार्ट बोर्ड, सिसि क्यामेरा लगाएतका प्रविधि अबलम्वन गर्नु पर्ने सिद्ध कुमाख गाउँपालिका शिक्षक महासंघका अध्यक्ष धर्मराज घर्तिले जनाउनु भयो।  कर्णाली प्रदेशको नीति तथा कार्यक्रममा सुचना तथा प्रविधिलाइ उच्च महत्वमा राखिएको र कर्णाली प्रदेशलाइ डिजिटल प्रदेश बनाउने नीति लिएको हुदाँ E- Governance कार्यन्वयन गर्न  इ हाजिरी पहिलो कदम भएको बताइएको थियो । सवै विद्यालयका इ हाजिरीहरू गाउँपालिकाको सूचना तथा प्रविधि शाखाको प्राविधिक सहयोगमा शिक्षा शाखाले निगरानीमा राख्नेछ ।

                          (भिमलाल भण्डारी सुचना प्रविधि अधिकृत)

आर्थिक वर्ष: