FAQs Complain Problems

राज्यका दलितमुखि निति तथा प्रावधान बारे १ दिने अभिमुखिकरण कार्यक्रम

सिद्ध कुमाख गाउँपालिका अन्तर्गतकाे ३ वडा कार्यालयको अायोजनामा राज्यका दलितमुखि निति तथा प्रावधान बारे १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । ३ नं. वडाध्यक्षको सभाध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष पुष्पा कुमारी बोहरा, गाउँ कार्यपालिका सदस्य खुमा सुनार, तारा गिरी, निराजन माविका प्रअ धर्मराज घर्ति र ३ नं. वडाका झण्डै ९० जना भन्दा वढी दलित व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रम उद्घाटन समारोहमा वोल्दै गाउँपालिका उपाध्यक्ष पुष्पा कुमारी बोहराले समाज हुने विकास निर्माणका काममा कुनै एक वर्गको मात्र सहभागिता नभएर सवै वर्गको समान सहभागिता हुनु पर्ने बताउनु भयो । त्यस्तै निराजन माविका प्रअ धर्मराज घर्तिले दलितहरू दलितहरूवाटै शोषित भएकोले यसको अन्त्य गरी एक जुट भएर लक्षित बजेटको उचित ठाउमा प्रयोग गर्नुपर्ने जानकारी दिनुभयो । उद्घाटन समारोहमा वोल्दे ३ नं. वडाध्यक्ष शालिकराम बुढाथोकीले दलित वर्गको हक र हितको लागि अाफु सधै लागि पर्ने बताउनु भयो । कार्यक्रममा दलितहरूकाे लागि राज्यले गरेको व्यवस्था, हक अधिकार बारे सुसूचित गराइएको थियो । दलित सेवा संघका अध्यक्ष यज्ञ कुमार विश्व कर्मा र जिल्ला युवा परिषदका अध्यक्ष जनक विकले सहजिकरण गर्नुभएको कार्यक्रमको संचालन सामाजिक परिचालक लक्ष्मी कुमारी अधिकारले गर्नुभएको थियो ।

आर्थिक वर्ष: