FAQs Complain Problems

सिद्ध कुमाख गापाकाे अा.व. २०७५।७६ काे लागि निति तथा कार्यक्रम प्रस्तुत

सिद्ध कुमाख गाउँपालीका सल्यानले १९ करोड ९५ लाख ९२ हजार बजेट प्रस्तुत गरिएको छ ।  चालु तर्फ ४ करोड ८८ लाख २७ हजार अर्थात २४. ४६ प्रतिशत रहेको छ भने पुजिगत तर्फ ७ करोड ३८ लाख ३५ हजार अर्थाथ ३६. ९९ प्रतिशत बजेट बिनियोजन गरिएको छ । गाउँसमामा प्रस्तुत भएकोआर्थिक वर्ष २०७५/७६ को नीति, कार्यक्रम तथा बजेटमा बिशेष गरी सडक र शिक्षामा जोड दिईएको छ । भवन, तर्फ २ करोड १७ लाख ९० हजार सडक तथा पुल निर्माको तर्फ १ करोड ६८ लाख ५० हजार रहेको छ । यस्तै बिधुत संरचनामा ४० लाख सिचाई तर्फ १३ लाख र खानेपानी तर्फ ८६ लाख १ सय ६ बिनियोजन गरिएको छ । कृर्षि र पशु सेवा तर्फ २० लाख बिनियोजन गरिएको छ । लक्षितबर्गहरुका लागी ५० लाख, रहेको छ । गाउँपालीका उपाध्यक्ष पुष्पा कुमारी बोहराले प्रस्तुत गरेको निति तथा कार्यक्रममा सम्भाव्य बिधालयमा सिसि क्यामरा जडान गरिने, सबै बिद्यालयमा स्वच्छ खानेपानीको लागी स्वच्छ फिल्टर र युरोगार्डको व्यवस्था गरिने उल्लेख भएको छ ।
गर्भवती महिलालाई नेपाल सरकारले दिदै अाएको यातायात खर्चमा थप रु ५ सय र चार पटकको गर्भचाच गर्न आउदा थप १ सय दरले तत्कालै दिईने ब्यवस्था गरिएको छ । यस्तै एसईइमा र कक्षा ८ को परिक्षामा उत्कृठ हुने छात्राछात्रलाई पुरस्कार दिईने, माटो र रुखहरुको क्षतिलाई न्युनिकरण गर्न सडक किनारमा बृक्षरोपन गर्ने निति ल्याईएको छ ।

 

आर्थिक वर्ष: