FAQs Complain Problems

शैक्षिक सुधारका लागि निराजन माविले राख्याे अन्तर्क्रिया कार्यक्रम

धर्मराज घर्ति
चित्र बहादुर चलाउने
पुष्पा बाेहरा

सिद्ध कुमाख गाउँपालिका वडा नं ३ मा रहेको श्री निराजन मावि ढोरचौरले अाज शैक्षिक सुधारका लागि अन्तरक्रिया कार्यक्रम समापन गरेको छ । कार्यक्रममा बिद्यालय ब्यबस्थापन समिति, शिक्षक अभिभावक संघ, सामाजिक लेखा परिक्षण समिति, जनप्रतिनिधि, शिक्षक कर्मचारी , सरोकारवालाहरू विच छलफल भएको थियोे ।कार्यक्रमको उद्धेश्य स्पष्ट पार्दै निराजन माविका प्रधानाध्यापक धर्मराज घर्तीले २०६८ साल देखि ७४ साल सम्मको शैक्षिक उपलब्धि विश्लेषण गर्नुभएको थियो ।शैक्षिक उपलब्धि कमजोर हुदै गएको भन्दै सबैमा सुझाव दिन अनुरोध गर्नुभयो । साथै यश पटकको SEE मा गाउँपालिका भित्र उत्कृष्ट हुन सफल देउराली माविको खुलेर प्रशंसा गर्नुभयो । छलफलमा शैक्षिक सुधारको लागि सुझाव संकलन गरिएको थियोे । गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले जग बलियो भयपछि मात्र घर बलियो हुने भएकाले शिशु कक्षा देखिनै शिक्षाको सुधार गर्नुपर्ने सुझाव दिनुभएको थियोे । त्यस्तै उपाध्यक्ष पुष्पा बोहराले बिद्यार्थीको क्षमताको कदर गर्नुपर्ने र हौसला दिएर पढाइ प्रति उत्प्रेरित गर्नुपर्ने जनाउनु भयो । विद्यार्थीको व्वहार परिवर्तन, शिक्षक विद्यार्थी र अभिभावक विचको भुमिका , सुचनामा अध्यावधिक, रुचि अनुसार शिक्षण सिकाई, निति तथा अनुशासनको परिपालाना दैनिक क्रियाकलाप ब्यवस्थित गर्न डाईरीको प्रयोग लगायत उपलब्धिमुलक सुझाव संकलन अभिभावक तथा सल्लाहकार शालिकराम धितालले दिनुभएको थियो । अागामि दिनमा संकलन भएका थुप्रै सुझावहरूलाई शिरोधार्य गर्दै बिद्यालय अगाडि बढ्ने प्रधानाध्यापक धर्तीले जनाउनुभयो ।

आर्थिक वर्ष: