FAQs Complain Problems

वडा नं. ४ खार्वनमा जेष्ठ नागरिकहरुलाई सम्मान

सल्यानमा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । जिल्लाको सिद्ध कुमाख गाउपालिका वडा नम्बर ४ को आयोजनामा वडा भित्र रहेको सम्पूर्ण जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । सम्मान कार्यक्रममा बोल्दै गाउपालिका उपाध्यक्ष पुष्पा कुमारी बोहराले जेष्ठ नागरिक आफ्ना अभिभावक भएकाले उनीहरु बाट धेरै कुरा सिक्न बाँकी रहेको बताईन् । उनले जेष्ठ नागरिक हरेक ब्यक्तिको आस्थाको धरोहर भएकाले उनीहरुलाई सम्मान गर्नु, माया गर्नु, उनीहरुका कुरा सुन्नु राम्रो  भएको बताईन् । उनीले गाउपालिकाले पनि उनीहरुको लागी यस आर्थिक बर्षमा नयाँ खालका कार्यक्रम ल्याउने बताईन् ।साे अबशरमा ४८ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो । सम्मान पाउनेहरुमा कली बुढाथोकी, कालीराम घर्ती, भूमि चलाउने, खड्क बहादुर चलाउने, सेती रोका, मंगली कामी, गुमी रेउले लगाएतका रहेका छन् ।ति जेष्ठ नागरिकहरुलाई नगद सहित दोसल्ला ओढाएर सम्मान गरिएको वडा अध्यक्ष दिनेश कुमार बि.एम.ले जानकारी दिए ।

।।समाचार साभारः रेडियो राप्ती,सल्यान ५, असार।।

आर्थिक वर्ष: