FAQs Complain Problems

"जनतासंग जनप्रतिनिधि" रेडियो बहस

।।शिव डाँगि रेडियाे राप्ती एफ एम।।

जनतासंग जनप्रतिनिधि रेडियो बहस कार्यक्रम सल्यानको छापडाँडा र खार्बनमा सम्पन्न भएका छन । सिद्ध कुमाख गाउपालिकाको आर्थिक सहयोग र रेडियो राप्ती एफ.एम. सल्यानको आयोजनामा सिद्ध कुमाख गाउपालिका वडा नम्बर ५ को छापडाँडामा आईतबार र वडा नम्बर ४ को खार्बनमा सोमबार सम्पन्न भएका हुन् ।कार्यक्रममा स्थानियले गाउपालिका बाट सम्पन्न भएका बिकास निर्माणका कामहरुका बिषयमा जिज्ञासा राखेका थिए । उनीहरुले गाउपालिका बाट सम्पन्न भए गरेका योजनाहरुलाई प्रभावकारी रुपमा अनुगमण गर्न आग्रह गरेका थिए । साथै स्थानिय स्तर बाट छुटेका योजनाहरुलाई यस आर्थिक बर्षको बजेटमा समेट्न पनि आग्रह गरेका थिए ।कार्यक्रममा गाउपालिका उपाध्यक्ष पुष्पा कुमारी बोहराले अहिले बिकास निर्माणका प्राय सबै योजनाहरु सम्पन्न भएको बताएकी थिईन् । उनले गाउपालिका भित्रका सडक र विद्युतलाई प्राथामिकतामा पारेर गाउपालिकाले काम गरीरहेको बताईन् ।कार्यक्रममा प्रमुख प्रसाशकिय अधिकृृत हरिजंग चन्द, सिद्ध कुमाख गाउपालिका वडा नम्बर ५ का वडाअध्यक्ष नन्दलाल बोहरा, वडा नम्बर ४ का वडा अध्यक्ष दिनेश कुमार बि.एम. लगाएतकाको आतिथ्यता रहेको थियो ।

आर्थिक वर्ष: