FAQs Complain Problems

चाँदे करेन्जीमा सुन्तला खेति गरिरहनुभएका कृषकहरूले बार्षिक ४ देखि ८ लाख सम्म अाम्दानी

सल्यान जिल्ला सिद्ध कुमाख गाउँपालिका वडा नं. ४ अन्तर्गत चाँदे करेन्जीमा सुन्तला खेति गरिरहनुभएका कृषकहरूले बार्षिक ४ देखि ८ लाख सम्म अाम्दानी गर्ने बताउनुभएकाे छ । सुन्तला बगैँचा बनाउनु भएका कृषक दल बहादुर चलाउनेका अनुसार उहाँकाे वगैँचामा हाल साना ठुला गरि झण्डै ३/४ सय सुन्तला बाेट रहेकाे र यो वर्ष सुन्तला विक्रिवाट ४ लाख अाम्दानी हुने अनुमान रहेको वताउनु भयो । उहाँ शिक्षक पेशामा पनि अावद्ध हुनुहुन्छ , बगैँचामा अाफुले साँझ विहान मात्र काम गर्न भ्याउने भएकाले परिवारकाे राम्रो साथ पाएको वताउनुभयो । त्यस्तै सुन्तला खेति गरिरहनुभएका अर्का कृषक प्रदिप खड्काले बार्षिक ८ लाख भन्दा वढी अार्थिक जम्मा हुने बताउनु भयो । उहाँको वगैँचामा साना ठुला गरि झण्डै ७/८ सय बोट रहेको वताउनु भयो । अाफ्नो वगैँचामा अर्गानिक सुन्तला भएको हुनाले ग्राहकहरू घरमै अाएर सुन्तला किन्ने भएकोले बजारीकरणको समस्या नरहेको खड्काले जानकारी दिनुभयो । अाफु शिक्षक पेशामा अावद्ध रहेकाे हुदाँ सुन्तला टिप्दा, गोडमेल गर्दा केहि मानिसहरू लगाउनुपर्ने भएकाले गाउँमै थोरै भएपनि रोजगारीको श्रृजना गरेको समेत बताउनुभयो ।कृषि पेशा एउटा सम्मानित पेशा भएकाले बिदेशमा गएर जोखिममा काम गर्नुभन्दा घरपरिवारमै वसि राम्रो अाम्दानी गर्न सकिन बताउनु भयो । अरू कृषकहरूलाई पनि स्वदेशमै श्रम र पसिनाको प्रयोग गर्न सुझाव दिनुभयो ।

आर्थिक वर्ष: