FAQs Complain Problems

लिफ्ट सिस्टम मार्फत खानेपानी सञ्चालन

सल्यानको सिद्धकुमाख गाउँपालीका वडा नम्बर १ उपल्लो बाँझकाँडामा लिफ्ट प्रणालीमार्फत गाउँमा खानेपानी पुगे पछि स्थानीय खुसि भएका छन । धेरै पहिले देखि खानेपानीको समस्या भोग्दै आईरहेका उपल्लो बाँझकाडाँका स्थानीय लिफ्ट सिस्टम बाट खानेपानी गाउँमै पुगे पछि खुसि भएका हुन ।
यहाँका स्थानीयले गाउमा खानेपानी नहुँदा २ घन्टा पैदल हिडेर खानेपानी ल्याउने गरेका थिए । गाउँमा खानेपानीको समस्या भएपछि बिहान ३, ४ बजे पानी लिन जानु पथ्र्यो, बिहान धारामा नगए पानी पाउन गाहा्रे हुन्थ्यो स्थानीय लैन बहादुर बुढाथाेकीले भन्नु भयो, पानी बोक्नले घरायसी कामकाजमा समेत बाधा पुग्थ्यो, धेरै लामो प्रयास र स्थानीय तह बनिसकेपछि गाउँमै खानेपानी ल्याउन सफल भएको उहाँले बताउनु भयो । स्थानीयको जनश्रमदान २० लाख र अनुदान ८० लाख गरी एक करोडको लागतमा मेल्चौरको जुकेखोला बाट लिफ्ट प्रणालीमार्फत खानेपानीको टयाङकी निर्माण भएको लिफ्ट सिस्टम आयोजनाका अध्यक्ष कुल बहादुर बुढाथोकीले बताउनु भयो । उहाँले भन्नु भयो पञ्चायत कालमै योजना छनोट भए तर ठुलो कार्यक्रम भएको हुनाले बजेट ब्यवस्था हुन सकेन, अहिले स्थानीय तह भए पछि हाम्रो माग पुरा भयो । गाउँमा पानी आए पछि साबिकका ५ वटा वडाका करिब २ सय घरधुरी लाभाम्बीत भएको उहाँले बताउनु भयो ।
खानेपानी टयाङकी निर्माण भएको भए पनि बजेटको अपुग भएकाले यस बर्ष घर घरमै धारा लिन नसकिएको उहाँको भनाई छ । आउदो बर्ष घरघरमै धारा पु¥याउने लक्ष्य रहेको अध्यक्ष बुढाथोकीको भनाई रहेको छ ।
यसै बिच खानेपानी टयाङकी को आज एक कार्यक्रमका बिच कर्णाली प्रदेशका सांसद तथा सल्यान प्रदेशसभा क का गुलाबजंग शाह र सिद्धकुमाख गाउँपालीकाका अध्यक्ष चित्र बहादुर चलाउनेले उदघाटन गर्नभएको छ । कार्यक्रममा बोल्दै सल्यान प्रदेशसभा क का सांसद गुलाबजंग शाहले जनताको समस्यालाई हेरेर हिजो चुनाबमा जनता सामु गरेका बाचा पुरा गर्ने बताउनु भएको छ । कसैलाई यो तेरो यो मेरो नभनी जनता सामु गरेरका बाचा आफुले पुरा गरेरे छोडने बताउनु भयो । उहाँले भन्नु भयो स्थानीय तह भनिसकेपछि आज तपाईहरुले गाउँमै खानेपानी ल्याउन सफल हुनुभएको छ यो गर्भ गर्नुहोस, हामी तापाईहरुको माग सम्बोधन गर्दै जानेछौ, जनताको समस्या पहिल्याएर आफुले काम गर्ने उहाँले बताउनु भयो । उद्घाटन कार्यक्रममा सिद्ध कुमाख गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउने, उपाध्यक्ष पुष्पा बोहरा, प्रमुख प्रशासकीय अधिकृत हरिजंग चन्द, १ नं. वडाध्यक्ष राम बहादुर बस्नेत, २ नं. वडाध्यक्ष रूद्र बहादुर बुढाथोकी लगाएत अतिथिहरू र स्थानिय बासिन्दाहरू उपस्थित रहनुभएको थियो ।

आर्थिक वर्ष: