अाज मिति २०७४ चैत्र ०८ गते यस सिद्द कुमाख गाउँपालिकाकाे तेस्राे गाउँसभा(हिउदे अधिवेशन) काे उद्घाटन भएकाे छ । सभाकाे प्रमुख अतिथि सल्यान जिल्ला क्षेत्र नं. २ का सांसद गुलाबजंग शाह हुनुहुन्थ्याे । गाउँपालिका काे उपाध्यक्ष पुष्पा बाेहराकाे स्वागत मन्तव्यबाट शुरू भएकाे उद्घाटन समाराेह मा विभिन्न वडाका वडाध्यक्ष, तथा अन्य व्यक्तीहरूले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे । उद्घाटन समाराेहलाइ सभाका सभाध्यक्ष तथा यस गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चलाउने मन्तव्य सहित विसर्जन गर्नुभएकाे थियाे ।
धार्मिक एवम् प्राकृतिक पर्यटकीय स्थल कुमाखक्षेत्र र सिद्द गुफा
समुन्द्री सतहदेखि २ हजार ५ सय ३७ मिटर उचाइमा रहेको कुमाख पहाड जिल्लाकै सबैभन्दा अग्लो पहाड हो ।साविककाे जिमाली, मर्मपरिकाँडा र शिद्धेश्वरी गाविसको संगमको रुपमा रहेको पहाडको चुचुरोमा शिद्ध मन्दिर रहेको छ ।
पहाडका विभिन्न स्थानमा रहेका दर्जनौं गुफाहरु पर्यटनका लागि आकर्षण केन्द्र बन्न सक्छन् । कुमाखमा रहेको सिद्ध गुफा निकै रमणीय रहेको छ । गुफाहरुमा रहेका विभिन्न खालका आकृतिहरु निकै रमणीय रहेका छन् ।’